एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग सम्झौता थप गरेको एक वर्ष नबित्दै नेमारको क्लबसँगको भविष्य शंकाको घेरामा परेको छ। नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच सम्बन्ध बिग्रिएसँगै नेमारको भविष्य अनिश्चित भएको हो।
सन् २०२५ सम्म चल्ने ब्राजिलियनको सम्झौता स्वचालित रूपमा जुलाई १ मा २०२७ सम्म विस्तार हुनेछ। तर सम्झौता सकिनु भन्दा अगाडी नै उनी पिएसजीबाट बाहिरिने सम्भावना बढेको छ।
मार्काले दुई साता अघि रिपोर्ट गरेको थियो कि पीएसजी निर्देशकहरूले नेमारलाई सिजनको समाप्ति पछि नयाँ क्लब खोज्न भनेका थिए। नेयमार सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजी आइपुगेका थिए। नेयमार फुटबल इतिहाँसकै महँगो ट्रान्सफरमा पर्छन्।
गत सिजन चोटका कारण उनले सिजनका धेरै खेल गुमाए र खेलेका खेलहरूमा राम्रो लयमा देखिएनन्। सिजनभर उनले पिएज्सी बाट कुल २८ खेल खेले। जसमा उनले १३ गोल मात्र गर्न सके।
No comments:
Post a Comment