काठमाडौँ- १३ औं संस्करणको आइसिसी
एकदिवसीय विश्वकप क्रिकेटको उपाधि
अष्ट्रेलियाले जितेको छ । आइतबार भएको
फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले
हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । उसले
छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको
हो ।
यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७
र २०१५ मा उपाधि जितेको थियो । भारत भने
यसपटक पनि चुक्यो । भारतले सन् १९८३ र २०११ मा
विश्वकप जितेको थियो । ऊ यसपटक अपराजित
रहँदै फाइनल पुगेको थियो । भारतले फाइनलमा
पनि सजह जित निकाल्ने धेरैको अनुमान थियो ।
तर, फाइनलमा उसको प्रदर्शन कमजोर रह्यो ।
फाइनलमा भारतले दिएको २ सय ४१ रनको लक्ष्य
अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर
भेट्टायो । उसका लागि ट्र्भिस हेडले शतकीय
इनिङ खेले । १२० बलको सामना गरेका उनले १५
चौका र ४ छक्कासहित १ सय ३७ रन बनाए ।
यस्तै, मार्नस लाबुशेनले अविजित ५८, मिचेल
मार्शले १५, डेविड वार्नरले ७ र स्टिभ स्मिथले ४ रन
जोडे । भारतका लागि मोहम्मद शामी, मोहम्मद
सिराज र जसप्रीत बुमराहले मात्र एक/एक विकेट
लिन सके ।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी
स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको
निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २
सय ४० रनमा अलआउट भयो । उसका लागि केएल
राहुलले ६६, विराट कोहलीले ५४, कप्तान रोहित
शर्माले ४७, सूर्यकुमार यादवले १८ र कुलदीप
यादवले अविजित १० रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन
जोड्न सकेनन् । अष्ट्रेलियाका लागि मिचेल
स्टार्कले तीन, जोश हेजलउड , कप्तान प्याट
कमिन्सले दुई/दुई, एडम जाम्पा, ग्लेन म्याक्सवेलले
एक/एक विकेट लिए ।
No comments:
Post a Comment